Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ


नया सडक

२०८१, असार १८ मंगलबार

  • 345
    Shares

  • गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ

    मोरङ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस र नेकपा ९एमाले० ले सहकार्य गरेको बताउनुभएको छ । 

     नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटमा उहाँले दुई ठूला पार्टीले अरु दललाई साथमा लिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बल पुग्ने गरी संविधान संशोधनको प्रयास गर्ने बताउनुभयो ।

    पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका निधिले देशमा रहेका समस्या समाधानका लागि नयाँ गठबन्धनमा अरु दलहरुसमेत समावेश गरेर सहमति र सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “राजनीतिक अस्थितरता र जनतामा रहेको निराशा अन्त्यका लागि धेरै काम गर्नुपर्ने आवश्यकता छ । प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक प्रणाली राख्ने वा नराख्ने विषयमा छलफल सुरु भएको छ, त्यसलाई बहृत छलफल गरी निष्कर्षमा पुराउनुपर्ने आवश्यकता छ । संविधान संशोधन गरी धेरै विषयलाई थप बलियो बनाउन दलहरुबीच सहकार्य जारी राख्नुपर्छ ।”
    (((

    प्रतिक्रिया दिनुहोस