Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images
निगरानी

राहुल र रोहित अग्रवालद्वारा सञ्चालित नकली कस्मेटिक सामान उत्पादन गर्ने  उद्योग र गोदाममा राजस्वको छापा , के गर्दै छ अनुसन्धान विभाग ?


२०८१, असार १८ मंगलबार

  • 1.6k
    Shares

  • राहुल र रोहित अग्रवालद्वारा सञ्चालित नकली कस्मेटिक सामान उत्पादन गर्ने  उद्योग र गोदाममा राजस्वको छापा , के गर्दै छ अनुसन्धान विभाग ?

    काठमाडौं । राजस्व अनुसन्धान विभागले नकली  कस्मेटिक सामानहरू बनाउने एक उद्योगमा छापामारी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।विभागले राहुल अग्रवाल(लुहारीवाला) तथा  रोहित अग्रवाल(लुहारीवाला) र उनका बुवा मालचन्द लुहारीवालाले सञ्चालन गरेको मिसेल कस्मेटिक प्रालि नामक उद्योगमा छापामारी अनुसन्धान सुरु गरेको हो ।

    रोहित अग्रवाल परिवारले  काठमाडौंको गोकर्ण एरियामा उद्योग सञ्चालन गरेर विभिन्न ब्रान्डका कस्मेटिक सामानहरू बनाउने गरेको बताइएको छ । हेयर केराटिन स्याम्पू, डेक्सी ब्ल्याक हेयर स्याम्पू / कलर, केराटिन मोस्चराइजर एन्ड स्मूथ ट्रिटमेन्ट, केराटिन ट्रिटमेन्ट मिल्क, हेड एन्ड स्याम्पू,लगायत दर्जन भन्दा बढी चाइनिज र इन्डियन ब्रान्डका विभिन्न कस्मेटिक तथा स्याम्पूको जस्ताको त्यस्तै नकल गरी नकली उत्पादन गर्ने र बजारमा बिक्री वितरण गर्दै आएका छन् ।

    राजस्व अनुसन्धान विभागले अग्रवालहरूले सञ्चालन गरेको उद्योग र काठमाडौंको यट्खामा रहेको गोदाम सिल गरेर राजस्व चुहावट तथा अन्य कुराको  अनुसन्धान प्रक्रिया सुरु गरेको छ । राहुल /रोहित दाजुभाइले श्रीराज स्याम इन्टरप्राइजेज, श्रीश्रीराज इन्टरप्राइजेजलगायतका विभिन्न फर्महरू समेत सञ्चालन गरिरहेको बताइएको छ ।

    काठमाडौंको कस्मेटिक व्यवसायको हब मानिने मखनमा रहेको ताम्राकार बिल्डिङमा समेत राहुल/ रोहितले पसल सञ्चालन गरेका छन् । कतिपय ठाउँमा उक्त पसलबाट समेत  बिल काटिने गरेको छ । राजस्व अनुसन्धान विभागले यस सम्बन्धमा गहिरो अनुसन्धान गरिरहेको बुझिएको छ । यस सम्बन्धमा राहुल अग्रवालसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । विगत लामोसमय देखि नकली कस्मेटिक तथा राजस्व छल्दै आएका राहुल एन्ड कम्पनीलाई यस अघि पनि कारबाही भएको थियो । 

    मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने  नकली सामानहरूको उत्पादन तथा बिक्री वितरण गर्ने  राहुल एन्ड कम्पनीलाई राजस्व अनुसन्धान विभागले राजस्व चुहावट तथा अन्य विषयमा कस्तो अनुसन्धान गर्छ त्यो भने हेर्न बाँकी छ । राजस्व अनुसन्धान विभागले एर्क  साता अघि छापा मारेको थियो ।  हाम्रो निगरानी जारी रहनेछ ।

     

    प्रतिक्रिया दिनुहोस