Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

नूनको मूल्य बढ्यो , कति पुग्यो मूल्य ?


नया सडक

२०८१, असार १९ बुधबार

  • 1.4k
    Shares

  • नूनको मूल्य बढ्यो , कति पुग्यो मूल्य ?

    काठमाडौँ ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।
         
    समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर रु २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य रु नौ तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस