Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल


नया सडक

२०८१, असार १९ बुधबार

  • 291
    Shares

  • प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल

    काठमाडौँ । राष्ट्रियसभामा चार विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । 

     आजको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले ‘आर्थिक विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभामा जानकारी गराई टेबुल गर्नुभयो । 

     सचिव अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराउनुभयो । राष्ट्रियसभाकाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुभएको हो । 

    प्रतिक्रिया दिनुहोस