काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राकिंत तेस्रो श्रेणीका कर्मचारीहरुले धर्ना दिएका छन् । बुधबार पनि अधिकृतस्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन् ।
२०७५ सालमा सरकारले समायोजन अध्यायदेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भएपनि वृत्ति विकासका लागि नियमितरुपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोधस्वरुप कर्मचारीहरू धर्नामा बसेका छन् ।
कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकाससहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए । उनले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भएपनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए ।