Logo

May 13 2025 | २०८२, जेठ १गते

May 13 2025 | २०८२, जेठ १गते

images

अख्तियार आयुक्त अमात्यको पर्खालमा चल्यो ललितपुर महानगरपालिको डोजर

अख्तियार आयुक्त अमात्यको पर्खालमा चल्यो ललितपुर महानगरपालिको डोजर

  • काठमाडौं । ललितपुर महानगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खाल भत्काएको छ ।

    ललितपुर महानगरपालिका–१० चाकुपाटस्थित डा. अमात्यको घरको कम्पाउण्ड पर्खाल बुधबार दिउँसो महानगरपालिकाको टोलीले मन्दिरको जग्गा मिचेको भन्दै  डोजर लगाएर भत्काएको हो ।

    घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ ।तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गरी आएका थिए ।

    ललितपुरका मेयर चिरिबाबु महर्जनले स्थानीय सम्पदा संरक्षण अभियन्ता र गुठियारले जग्गा मिचेको उजुरी दिएपछि सम्बन्धित घरधनीलाई भत्काउन आग्रह गरेको तर नमानेपछि डोजर लगाएको जानकारी सार्वजनिक गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij