Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख परिवर्तन, प्रमुखमा बैकुण्ठप्रसाद सापकोटा

राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख परिवर्तन, प्रमुखमा बैकुण्ठप्रसाद सापकोटा

  • काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैया प्रमुख परिवर्तन भएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाको प्रमुखमा बैकुण्ठप्रसाद सापकोटालाई पठाइएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्  कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभाग मातहत चारवटा क्षेत्रीय कार्यालयहरू रहेका छन् ।चारवटा क्षेत्रीय कार्यालयहरू मध्ये महत्वपूर्ण मानिएको पथलैयाको प्रमुखको कमाण्ड बैकुण्ठप्रसाद सापकोटाले आजदेखि सम्हालेका छन् ।

    सापकोटा यसअघि प्रधानमन्त्री कार्यालयमा थिए । यसअघि राजस्व अनुसन्धान कार्यालय पथलैयाको प्रमुखमा  प्रेमप्रसाद देवकोटा थिए । पथलैया प्रमुख देवकोटालाई भने प्रधानमन्त्री कार्यालय तानिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij