Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय


नया सडक

२०८१, असार १९ बुधबार

  • 639
    Shares

  • कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

    काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्न भएको सहमतिलाई सकारात्मक भन्दै त्यसको समर्थन गरेको छ । 

    पार्टी केन्द्रीय कार्यालयमा आज भएको पदाधिकारी बैठकले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै नयाँ सहमति गरेका राजनीतिक दलसँग सत्ता सहकार्य गरेर जाने निर्णय पनि गरेको  छ ।
         
    बैठकले कांग्रेस र एमालेबीच भएको सहमतिअनुरुप गठन हुने सरकारलाई समर्थन गर्ने निर्णय  भएको  प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा पार्टी अध्यक्ष महन्थ ठाकुरले मङ्गलबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको छलफलबारे जानकारी दिनुभएको थियो ।
         
    सचेतक चौधरीले विगतमा पनि कांग्रेससँग सहकार्य गरेकाले सोही दल सम्मिलित नयाँ गठबन्धनमा मिलेर काम गर्न कुनै समस्या नहुने बताउनुभयोे ।

    प्रतिक्रिया दिनुहोस