Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव


नया सडक

२०८१, असार २० बिहीबार

  • 540
    Shares

  • प्रधानमन्त्री दाहाललाई राजीनमा दिन महामन्त्री थापाको सुझाव

     

    विराटनगर ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई राजीनामा दिन सुझाव दिनुभएको छ ।

     

    विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री दाहालाई समर्थन गरेको प्रमुख दल नै सरकारमा नरहेको अवस्थामा नयाँ सरकार गठनका निम्ति राजीनामा दिएर मार्गप्रशस्त गर्नु उहाँका निम्ति श्रेयस्कर हुने बताउनुभयो । 

     

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापनामा नेपाली कांग्रेसको ठूलो योगदान रहेको बताउँदै उहाँले संविधान संशोधन आवश्यक भएको विचार व्यक्त गर्नुभयो । सबै पक्षको सहमतिमा त्यसलाई मूर्तरूप दिन   नेपाली कांग्रसले हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । 

     

    महामन्त्री थापाले राजनीतिक स्थायित्व कायम गर्न संविधान संशोधन अपरिहार्य भएको दोहो¥याउँदै मुलुकको विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेसहितको राष्ट्रिय सरकार गठन हुन लागेको बताउनुभयोे । 

    प्रतिक्रिया दिनुहोस