Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

अख्तियारद्वारा कटहरिया मेयर उपमेयरलगायत ११ जना विरुद्ध मुद्दा दायर


नया सडक

२०८१, असार २० बिहीबार

  • 330
    Shares

  • अख्तियारद्वारा  कटहरिया मेयर उपमेयरलगायत ११ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  रौतहटको कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश र उपमेयर रिता देवीसहित ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा ११ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जनाएका हुन् ।

    कटहरिया नगरपालिका वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आ.व. २०७८÷०७९ मा टायल्सको कामका लागि विनियोजन भएको रकम स्वीकृतिका लागि लागत अनुमान बमोजिम कार्य नगरी कमसल काम गरेको भनी  उजुरी दायर गरिएको थियो ।

    अख्तियारले मेयर प्रकाश, उपमेयर देवी, प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख राम नरेशप्रसाद यादव, कार्यपालिका सदस्यहरू समिश विक्रम शाह, मनोजप्रसाद जैसवाल र इन्जिनियर मो,मकसुद आलमविरूद्ध मुद्दा दायर गरेको हो । 

    बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरूद्ध पनि मुद्दा दायर गरिएको छ । टायल्स ओछ्याउने काम बौद्धिमा उपभोक्ता समितिमार्फत भएकोमा ७२०.८१ वर्ग मिटरमात्रै थियो। तर त्यहाँ काम गरेको भन्दा ४७३.६० वर्गमिटर बढी काम गरेको कार्यसम्पन्न प्रतिवेदन तयार पारेका थिए। 

     

    प्रतिक्रिया दिनुहोस