Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारीमा


नया सडक

२०८१, असार २१ शुक्रबार

  • 561
    Shares

  • प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने तयारीमा

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले असार २८ गते संसदमा  विश्वास मत लिने भएका छन्। प्रतिनिधि सभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वास मतको प्रस्ताव प्रस्तुत गर्ने भएका हुन्। प्रधानमन्त्री प्रचण्डले संघीय संसदका महासचिवलाई पठाएको पत्रमा यस्तो उल्लेख छ । 
     

    नेकपा (एमाले) ले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो भने एमालेबाट सहभागी ८ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए। एमालेका मन्त्रीहरूले दिएको राजीनामा स्वीकृत पनि भइसकेको छ।

    एमालेका  मन्त्रालयहरूको जिम्मा प्रधानमन्त्री प्रचण्ड आफैले लिएका छन् । एमालेले शुक्रबार संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको र आफूहरू प्रतिपक्षमा बस्ने जानकारी दिएको छ।

    गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले आफूले संसद विश्वासको मत लिने बताइरहेका छन् ।धानमन्त्रीले पठाएको पत्र यस प्रकार छ ।

    prachand letter of confidence.jpeg

    प्रतिक्रिया दिनुहोस