काठमाडौं । प्रहरीले बसुन्धाराबाट आजै १ किलो सुन बरामद गरेको छ । ललितपुरमा छापा हानेर ५० लाख नगद, सुन र सुन गाल्ने मेसिन बरामद गरेको प्रहरीले काठमाडौंको बसुन्धराबाट पनि १ किलो सुन बरामद गरेको हो ।
शुक्रबार ललितपुरको ताल्छिखेलमा छापा हानेर प्रहरीले ५० लाख र सुनसहित पाँच जनालाई पक्राउ गरको थियो । त्यसकै अनुसन्धानको क्रममा बसुन्धाराबाट थप १ किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।
बसुन्धराबाट १ किलो सुनसहित भारतीय नागरिक २२ वर्षीय विजय संवत सिडारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी सार्वजनिक गरेका हुन् ।
ललितपुरबाट पक्राउ परेकाहरूको सोे समूहले बसुन्धरामा पनि फ्ल्याट भाडामा लिएर सुनको अवैध कारोबार गरेको अनुसन्धानबाट खुले पछि त्यहाँ छापा मारिएको थियो ।