Logo

Nov 26 2024 | २०८१, मंसिर ११गते

images

भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते


नया सडक

२०८१, असार २१ शुक्रबार

  • 579
    Shares

  • भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा दुई बेपत्ता, सातजना घाइते

     

    चैतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन भोटेकोशी जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा दुईजना बेपत्ता भएका छन् । उक्त घटनामा सात कामदार घाइते भएका छन् ।

     

    इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीका अनुसार एक वर्ष अघि निर्माण सुरु गरिएको सो आयोजनाको कभर स्ल्याबको माथिल्लो संरचना भत्किएको हो । बेपत्ताको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो । घाइते सबैलाई उद्धार गरी बाह्रबिसेस्थित किस्टोन हस्पिटल र बाह्रबिसे नगर अस्पताल लगिएको छ । 

     

    बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बेपत्ता हुनेमा बर्दियाका रामदिन थारू र सुमन थारू रहेका छन् । यस्तै उक्त घटनामा घाइते हुनेमा बर्दियाका लहानु थारू र दुर्गा चौधरी, दोलखाको कालिञ्चोकका आइतबहादुर थामी, विजय थामी, गोपाल थामी, दीपक थामी, आइतमान थामी, पदमबहादुर थामी र रामचन्द्र रिमाल तथा रोल्पाका सासन रोकामगर रहेका छन् । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना  खटिएको छ । 

    प्रतिक्रिया दिनुहोस