Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

संघीय संसद्का दुवै सदनबाट  लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित


नया सडक

२०८१, असार २३ आइतबार

  • 417
    Shares

  • संघीय संसद्का दुवै सदनबाट  लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित

    काठमाडौं । संघीय संसद्का दुवै सदनबाट  लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित भएको छ । प्रतिनिधिसभामा उत्पन्न भएको यो विधेयकलाई राष्ट्रिय सभाले आइतबार पारित गरेको हो ।

    लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ विधेयक राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधसभामा टेबुल गरियो ।  राष्ट्रिय सभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधिसभामा टेबुल पछि सभामुख देवराज घिमिरेले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउने विधि रहेको छ ।

    प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा सभाका सचिव सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गरेका थिए ।

    आइतबार नै बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयकलाई पारित गरेको थियो । राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल गरी पारित गरेको हो । सभामा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी थिइन् । विधेयकमाथि सांसदहरूले दफावार छलफलपछि सर्वसम्मतिले पारित भएको राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस