काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक २.९७ विन्दुले बढेको छ । यससँगै सूचक २१४३.९५ अंकमा आएको छ । ८ लाख ७७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६४ कम्पनीको १४ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।
कुल ३८ कम्पनीको भाउ बढेको छ भने २१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो ।