Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

असिमित बचत संकलन दिने व्यवस्थाले बचत सहकारीमा समस्या आएको गभर्नर अधिकारीको भनाइ


नया सडक

२०८१, असार २४ सोमबार

  • 483
    Shares

  • असिमित बचत संकलन दिने व्यवस्थाले बचत सहकारीमा समस्या आएको गभर्नर अधिकारीको भनाइ

    काठमाडौं । सहकारीमा असिमित बचत संकलन गर्न दिने गरेकाले सहकारी क्षेत्रमा अहिलेको समस्या आएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका छन् ।सिंहदरबारमा बसेको सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिको सोमबार बैठकमा गर्भनर अधिकारीले यस्तो बताएका हुन् ।

    समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी सार्वजनिक गरे अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असिमित बचत संकलन गर्न दिइएको, अन्यथा ढंगले बचत संकलन गरिएको, नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको, नियमनकारी निकाय नभएको, सहकारीहरु स्वनियमनमा बस्नुपर्ने हो भनेर नियमनलाई कम महत्व  दिइएको र सुपरीवेक्षण हुन नसकेको जस्ता कारणले गर्दा सहकारीको आजको विकराल अवस्था देखापरेको बताएका हुन् ।

    सो बैठकमा  बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्ट, पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलगायत सहभागी थिए । 

    प्रतिक्रिया दिनुहोस