Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

ग्लोबल आइएमई बैंक र नास–आइटीबीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने सम्झौता


नया सडक

२०८१, असार २५ मंगलबार

  • 441
    Shares

  • ग्लोबल आइएमई बैंक र नास–आइटीबीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने सम्झौता

     

    काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आइटी सर्भिसेस (नास–आइटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । दुई कम्पनीबीच सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने सम्झौता भएको हो । 

    सम्झौतामा बैंकको नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास–आइटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास–आइटीको तर्फबाट संस्थाका कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गरेका हुन् ।

    नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आगामी वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रुपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको सम्बाहकको रूपमा रहेको र बैंक पनि सदैव राज्य प्रति उत्तदायी संस्थाको रुपमा रहेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

    उनले यो सम्झौता अघि बढेको जानकारी गराउँदै बैंकले सूचना प्रविधिको क्षेत्रमा गरेको लगानी र प्रयोगहरुको बारेमा समेत बता । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोसेढुंगा सावित हुने पोखरेलले उल्लेख गरे ।

    दिगो साझेदारी सम्झौताअन्तर्गत बैंकले नास–आइटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूको लागि सहज तथा सुलभ तवरले बैंकिङ सेवा प्रदान गर्ने बताइएको छ । बैंक नास–आइटीको नवस्थापित दिगो कोषलाई सहयोग गर्ने पहिलो दिगो साझेदार बनेको छ । 

    बैंक र नास–आइटीको आपसी सहकार्यमा नवाचार र अनुसन्धानलाई प्रवर्द्धन, स्टार्टअपहरू र साना व्यवसायहरूलाई समर्थन, शिक्षा र सीप विकासलाई प्रवर्द्धन, सामुदायिक संलग्नता र सामाजिक जिम्मेवारीलाई प्रोत्साहन गर्नेछ । 

    ग्लोबल आइएमई बैंकले ७७ जिल्लाको ३५४ वटा शाखा कार्यालयहरुबाट भौतिक रूपमा बैंकिङ सुविधा प्रदान गरिरहेको छ । आफ्नो मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिजिटल युनिभर्स जस्ता प्लाटफर्मले थप पहुँच विस्तार गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस