Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

कर नबुझाउने काठमाडौंका तीन दर्जन डान्सबार र दोहरी क्लबहरूलाई कर चुक्ता गर्न ३५ दिने सूचना सार्वजनिक


नया सडक

२०८१, असार २५ मंगलबार

  • 891
    Shares

  • कर नबुझाउने काठमाडौंका तीन दर्जन डान्सबार र दोहरी क्लबहरूलाई कर चुक्ता गर्न ३५ दिने सूचना सार्वजनिक
    फाइल फोटो

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने तीन दर्जन बढी डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरी कर तिर्न आउने चेतावनी दिएको छ ।महानगरपालिकाले मनोरञ्जन कर बुझाउन लिखित, फोन वा मौखिक जानकारी गराएपनि बुझाउन नआएका ४४ वटा डान्सबार, दोहोरी र क्लबको नाम सार्वजनिक गरी उनीहरूलाई कर चुक्ता गर्न भनेको हो ।

    महानगरले ४४ कम्पनीलाई ३५ दिन भित्र कर नबुझाए कारबाही गरिने चेतावनी समेत दिएको छ ।कम्पनीहरुले ३५ दिनभित्र कर नबुझाए आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गर्ने समेत चेतावनी  सार्वजनिक सूचनामा जनाइएको छ ।kmc.png

    प्रतिक्रिया दिनुहोस