Logo

Oct 31 2025 | २०८२, कात्तिक १४गते

Oct 31 2025 | २०८२, कात्तिक १४गते

images

राजस्व अनुसन्धान विभागद्वारा इलेक्ट्रिक गाडी आयातमा कर छलीको निष्कर्ष, विभागले इलेक्ट्रिक गाडी आयात गर्ने सबै कम्पनीको कागजपत्र झिकाउँदै

राजस्व अनुसन्धान विभागद्वारा इलेक्ट्रिक गाडी आयातमा कर छलीको निष्कर्ष, विभागले इलेक्ट्रिक गाडी आयात गर्ने सबै कम्पनीको कागजपत्र झिकाउँदै

  • काठमाडौं । राजस्व अनुसन्धान विभागले विद्युतीय सवारी साधन (ईभी)आयातामा करछली भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
    राजस्व अनुसन्धान विभागले केही समय अगाडि विद्युतीय गाडी (बीवाईडी)आयात गर्ने कम्पनी साइमेक्स इंकको कागजपत्र नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा  विद्युतीय सवारी साधन आयात गर्ने अन्य सबै कम्पनीले राजस्व छलेको हुन सक्ने निष्कर्ष निकालेको हो ।

    साइमेक्स इंकले बीवाईडीको आयात गर्दा र बिक्री गर्दाको कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको राजस्व अनुसन्धान विभागले ईभी आयात गर्ने अन्य कम्पनीहरूले पनि राजस्व चुहावट गरेको हुन सक्ने आशंकामा  भन्सार विभागबाट कागजपत्र मगाएको छ ।

    विद्युतीय गाडी आयातकर्ताहरूले विद्युतीय गाडीको किलोवाटलगायत त्यसको क्षमता घटाई न्यून मूल्यांकन गरेर आयात गर्ने गरेको  हुन सक्ने निष्कर्षसहित अनुसन्धान विभागले ईभी आयातकर्ताहरूको विवरण भन्सार विभागसँग मगाएको हो ।

    विद्युतीय सवारी साधन आयातकर्ताहरूले ठुलो मात्रामा कर छली गरेर सरकारलाई अर्बौं रुपैयाँको हानि नोक्सानी गराएको आरोप छ । भन्सार विभागले विद्युतीय सवारी साधनमा कर छली भइरहेको विषयमा ध्यानाकर्षण गरी तातोपानी र रसुवा भन्सार कार्यालयलाई पत्र लेखेपछि विद्युतीय सवारीले भन्सार छली गरेको आरोपबारे  अनुसन्धान विभागले थप अनुसन्धान गर्नुपर्ने निर्णय गरी कारबाही अघि बढाएको छ ।

    राजस्व अनुसन्धान विभागले भन्सार विभागलाई लेखेको पत्रमा आयात गरिएका  विद्युतीय सवारी साधन उत्पादन भएको मुलुक, भन्सार जाँचपास भएको मूल्य, कर तिरेको मूल्य र मोटर पिक पावर र क्षमता खुलाइदिन भनिएको छ । यस्तै कुन ब्राण्डको कति विद्युतीय सवारी साधन आएको भन्ने तथ्यसमेत जानकारी गराउन  भन्सारलाई पठाउन भनेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij