Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि रिलायन्स स्पिनिङको आईपीओ निष्काशन स्थगित


नया सडक

२०८१, असार २६ बुधबार

  • 417
    Shares

  • सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि रिलायन्स स्पिनिङको आईपीओ निष्काशन स्थगित

    काठमाडौं । सार्वजनिक लेखा समितिले प्रश्न उठाएपछि रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्काशन कार्य स्थगित भएको छ ।नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन कार्य स्थगित गराएको हो ।

    रिलायन्सले भोलि बिहीबार २७ गतेदेखि वैदेशिक रोजगारमा रहेकाहरूका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको थियो ।संघीय संसदको सार्वजनिक लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आईपीओ निष्कासनबारे केही जवाफ माग गरेपछि बोर्ड सञ्चालक समितिले हाललाई आईपीओ निष्कासन कार्य स्थगित गर्ने निर्णय गरेको हो ।

    बोर्डका प्रवक्ता तथा कार्यकारी निर्देशक नवराज अधिकारीले  लेखाको ध्यानाकर्षण भएपछि रिलायन्सको आईपीओ हाललाई स्थगित भएको जानकारी सार्वजनिक गरेका हुन् ।

    सार्वजनिक लेखा समितिले उठाएको प्रश्नबारे यहाँ हेर्नुहोस

    प्रतिक्रिया दिनुहोस