Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिटेन्स


नया सडक

२०८१, असार २६ बुधबार

  • 387
    Shares

  • ११ महिनामा भित्रियो १३ खर्ब २७ अर्ब रेमिटेन्स

     

    काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.३ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.७० प्रतिशतले बढेको थियो । 

    यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १७.३० प्रतिशतले बढेर ९ अर्ब ९८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ प्रतिशतले बढेको थियो । यसअवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख २२ हजार ९३६ जना पुगेको छ । 

     

    प्रतिक्रिया दिनुहोस