Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

चारवटा ट्रकसहित ३२ लाखबढीको काठ नियन्त्रणमा


नया सडक

२०८१, असार २७ बिहीबार

  • 411
    Shares

  • चारवटा ट्रकसहित ३२ लाखबढीको काठ नियन्त्रणमा

    धरान । धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ । 

    आज रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिनुभयो । 

    रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प ०२००१ ख ०४१९ नम्बरको ट्रकमा लगिँदै गरेको काठमा कैफियत देखिएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशन र प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । 

    करिब रु ३२ लाख मूल्य बराबरको नौ सय ८९ दशमलव ३२ किबी खयरको काठबारे डिभिजन वन कार्यालय रामेछापले नै शङ्का व्यक्त गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्यालय प्रमुख यादवले बताउनुभयो । “नियन्त्रणमा लिइएको काठ धरानको तीनकुनेमा जाँच गर्ने क्रममा बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । जिल्ला प्रशासन र प्रहरीको रोहबरमा अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो । 

    प्रमुख जिल्ला अधिकारी तिवारीले ट्रकमा अवैध काठ भित्रिएको सूचना पाएपछि वन कार्यालय तथा प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको र हाल सुरक्षा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस