Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन , अर्को बैठक  असार २८ गते


नया सडक

२०८१, असार २७ बिहीबार

  • 378
    Shares

  • मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगन , अर्को बैठक  असार २८ गते

     

    काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठक मन्त्री उपस्थित नभएपछि भोलिसम्मका लागि स्थगन भएको छ । आज अपराह्न बसेको सभाको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएकाले संसद् बैठक चल्न नसक्ने बताएपछि सभामुख देवराज घिमिरेले बैठक भोलिसम्मका लागि स्थगन भएको घोषणा गर्नुभयो ।

     

    सभामुखले घिमिरेले प्रतिनिधिसभाको बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेकाले आजको बैठकको कार्यसूचीमा रहेको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम हटाइएको व्यहोरा जानकारी गराउनुभयो । प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम ५ बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य छ । 

     

    प्रतिनिधिसभाको अर्को बैठक यही असार २८ गते बिहान ११ बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस