Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई बस बगायो,  क्षतिको विवरण आउन बाँकी


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 330
    Shares

  • नारायणगढ–मुग्लिन सडकमा पहिरोले दुई बस बगायो,  क्षतिको विवरण आउन बाँकी

    काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।

    प्रहरीका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।  काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । 

    प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उद्धारको काम जारी छ । क्षतिको विवरण यो समाचार तयार पार्दा सम्म आएको छैन । 

    त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका चालक नवलपरासीका मेघनाथ विकको उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको प्रहरीले बताएको छ । 

    प्रतिक्रिया दिनुहोस