Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

१ अर्ब ६० करोड रुपैयाँ नतिरे पछि विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुलीको लाइन


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 384
    Shares

  • १ अर्ब ६० करोड रुपैयाँ नतिरे पछि विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुलीको लाइन

    काठमाडौं । १ अर्ब ६० करोड रुपैयाँ नतिरे पछि विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको बिजुलीको लाइन काटेको छ । पैसा नेपाल विद्युत प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलको बिजुलीको लाइन काटिदिएको हो । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै प्राधिकरणले गएराति नौ बजे लाइन काटिदिएको हो ।

    जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरुको संख्या ६ पुगेको छ । यसअघि प्राधिकरणले २५ असारमा रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको थियो ।

    २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरुको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।लोडसेडिङको समयमा उद्योगहरुले प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रंक लाइन मार्फत् बिजुली उपभोग गर्न पाएका थिए । उद्योगहरुले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै पत्राचार गरेको थियो । त्यसविरुद्ध विद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस