Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

प्रधानमन्त्री प्रचण्डको बालुवाटारबाट खुमलटार आजै सर्ने तयारी


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 384
    Shares

  • प्रधानमन्त्री प्रचण्डको बालुवाटारबाट खुमलटार आजै सर्ने तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  आजै सरकारी निवास बालुवाटार छोडेर पुरानो निजी निवास खुमलटार जाने भएका छन् ।सदनमा विश्वासको मत लिएपछि सरकार ढल्ने पक्का पक्की भएजस्तै भएकाले प्रधानमन्त्री प्रचण्डले खुमलटार निवास तयारी गरेका हुन् ।

    विश्वासको मत लिने प्रयोजनका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बसिरहेको छ ।संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भए पछि एमालेले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ११ पुस ०७९ मा प्रधानमन्त्री भएका थिए ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने पक्का पक्की जस्तै छ ।

    प्रतिक्रिया दिनुहोस