काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १८ सय रुपैयाँले बढेर १ लाख ४६ हजार ७०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुनको मूल्य तोलाको १ लाख ४६ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १९ सय रुपैयाँ कायम भएको छ ।