Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

सुनको मूल्य अहिलेसम्मको उच्च बिन्दुमा , प्रतितोला एक लाख ४६ हजार ८सयमा

सुनको मूल्य अहिलेसम्मको उच्च बिन्दुमा , प्रतितोला एक लाख ४६ हजार ८सयमा

  • काठमाडौं । सुनको मूल्यले अहिलेसम्मकै सबै भन्दा उच्च बिन्दुमा पुगेर ऐतिहासिक उचार्इँमा पुगेको छ । शुक्रबार तोलामा १ हजार ८०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रति तोला एक लाख ४६ हजार ७०० रुपैयाँ  कायम भएको छ । बिहीबार सुन तोलामा ८०० रुपैयाँले बढेर प्रति तोला एक लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

    शुक्रबार चाँदीको मूल्य तोलामा १७ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला एक हजार ९०० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रति तोला एक हजार ८८५ रुपैयाँ थियो।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य क्रमिक बढ्दै जादाँ यसको असर स्थानीय बजारमा देखिएको हो। बिहीवार प्रतिऔंस २३८१.४४ डलर रहेको सुन शुक्रबार बढेर प्रतिऔंस २४०९.७६ डलर पुगेको छ।

    चाँदीमाको मूल्य पनि अन्तर्राष्ट्रिय बजारमा सामान्य वृद्धि भएको छ। शुक्रबार चाँदी प्रतिऔंस ३१.२१ डलरमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij