Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 363
    Shares

  • धनजनको क्षतिप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

    काठमाडाँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्डले बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । 

    प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत दैवी विपत्तिबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै ६० जना यात्री बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ । 

    बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासनलगायत सरकारका सबै निकायलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

    मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारीलाई व्यवस्थित तुल्याउन, उद्धार र रातहका निम्ति सहकार्य र समन्वय गर्न सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । 
    –––

    प्रतिक्रिया दिनुहोस