Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 417
    Shares

  • नयाँ सरकारमा एकीकृत समाजवादी सहभागी नहुने

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । सरकारलाई गुण र दोषका आधारमा सहयोग गर्ने नेता मेटमणि चौधरीले राससलाई जानकारी दिनुभयो । 

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्ने पार्टीले आफ्ना सांसदलाई सरकारको पक्षमा मतदान गर्न निर्देशन दिएको छ । 

    वर्तमान सरकारमा रहेका नेपाल कम्युनिष्ट पार्टी ९एमाले०, जनता समाजवादी पार्टी नेपाललगायत केही दल सरकारबाट बाहिरिएपछि दाहाल नेतृत्वको सरकार अल्पमतमा परेकाले आज संसद्बाट विश्वासको मत लिने कार्यतालिका छ ।

    वामपन्थी शक्तिको एकतालाई जोड दिएर समाजवादी मोर्चामा आबद्ध सो पार्टीको  प्रतिनिधिसभामा १० सिट तथा राष्ट्रियसभामा आठ सिट छ । पार्टीको तर्फबाट वर्तमान मन्त्रिपरिषद्मा दुई मन्त्री तथा सुदूरपश्चिम प्रदेशको नेतृत्व गरेको छ ।

    प्रतिक्रिया दिनुहोस