Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

महिलालाई ५० , दलितलाई १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चत गरौँ भनी प्रधानमन्त्री प्रचण्डको प्रस्ताव


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 474
    Shares

  • महिलालाई ५० , दलितलाई १३ प्रतिशत प्रतिनिधित्व सुनिश्चत गरौँ भनी प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान प्रस्ताव गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा उनले यो प्रस्ताव ल्याएका हुन् ।

    संविधानका उपलब्धिहरू उल्टाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले त्यसको आफूले प्रतिवाद गरेको बताए । जातीय क्षेत्रिय पार्टीहरूलाई गर्भमै सिध्याउन लागेका उल्लेख गरे । 

    संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व बढाउ । विपन्नको पहुँच बढाउँ भन्दै उनले प्रश्न तेस्र्याए ‘तपाईंहरूलाई अहिले २०४७ सालको बाडुल्की लागिरहेको होला । के अब त्यतै फर्किने हो ?’

    संविधान संशोधन गर्ने भए दलितलाई पनि १३ प्रतशित प्रतिनिधित्व दिन प्रस्ताव गरेका छन् ।  महिला, उत्पीडित, मधेसी, अल्पसंख्यालाई राज्यका निकायमा रोक्ने प्रयास किमार्थ सफल हुँदैन भन्दै उनले ‘प्रतिनिधित्व नै सुनिश्चित गरौं । ५० प्रतिशत हुनेगरी संशोधन गरौं। हामी पुरुषले के लछारेका छौं ? ’

    प्रतिक्रिया दिनुहोस