काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले विरुद्ध लगाएको आरोपको प्रतिवाद गरेका छन् ।प्रमुख सचेतक लेखकले सबै दोष अरुलाई दिएर उम्किन नहुने बताउँदै आफ्नो तर्फबाट पनि हेर्नुपर्ने बताएका हुन् ।
विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै लेखकले कांग्रेस र एमाले मिल्दा लोकतन्त्र कमजोर हुन्छ कि भन्ने अरुको पनि चिन्ता देखिएको बताए । नेपाली कांग्रेसले संविधान संशोधन प्रतिगमनका लागि नभई अग्रगमनका लागि गरिने लेखकले बताएका थिए ।साथै नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने बताए ।