Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि ९ अर्ब बढी सडक विभागलाई प्राप्त


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 300
    Shares

  • निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि ९ अर्ब बढी सडक विभागलाई प्राप्त

    काठमाडौं । अर्थ मन्त्रालयले निर्माण व्यवसायीको बक्यौता भुक्तानीका लागि ९ अर्ब ४० करोड रुपैयाँ उपलब्ध गराएको छ।   सडक विभाग अन्तर्गतका आयोजनामा बक्यौता भुक्तानीका लागि ९ अर्ब ४० करोड रुपैयाँ मन्त्रालयले उपलब्ध गराएको हो।

    सडक विभागका महानिर्देशक रामहरि पोखरेलले अर्थले रकमान्तर गरी भुक्तानीको बाटो खोलिदिएको जानकारी सार्वजनिक गरेका छन् । उनले रकमान्तर गरिएको पैसा मध्ये ८ अर्ब २५ करोड रुपैयाँ लेखा प्रणालीमा प्रविष्टि भइसकेको पनि उनले बताए ।

    विभागले काम सम्पन्न गरेर बिल पास भएका निर्माण व्यवसायीलाई करिब १२ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।अर्थले रकमान्तर गर्दा विशेषगरी राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको छ। निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, उत्तर दक्षिण आयोजनाका लागि रकमान्तर भएको विभागका सिनियर डिभिजन इन्जिनियर अमित कुमार शर्माले बताए।

     

    प्रतिक्रिया दिनुहोस