काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दा आफूले बोलेको करा आवेग र आक्रोशमा नबोलेको बताएका छन् । विश्वास मतको प्रस्तावमाथि छलाफलमा भाग लिने सांसदहरूले उठाएको कुराको जवाफ दिँदा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
प्रचण्डले संसदमा जे बोलेको त्यो पार्टीको तर्फबाट उठाउनुपर्ने विषय भएको उनले जनाएका थिए । दलको चिन्ता संसदमा व्यक्त गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले देशलाई अगाडि बढाएर लाने स्थान यही भएको विषयमा कुनै दुई मत नहरेको बताए ।