Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

प्रधानमन्त्री प्रचण्डको विश्वास मतको प्रस्तावको पक्षमा ६३  मत , विपक्षमा  १९४  मत, तटस्थ १ ,नयाँ सरकार गठन प्रक्रिया अब सुरु हुने


नया सडक

२०८१, असार २८ शुक्रबार

  • 660
    Shares

  • प्रधानमन्त्री प्रचण्डको विश्वास मतको प्रस्तावको पक्षमा ६३  मत  , विपक्षमा  १९४  मत, तटस्थ  १ ,नयाँ सरकार गठन प्रक्रिया अब सुरु हुने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गरेको विश्वास मतको प्रस्ताव पराजित भएको छ । प्रचण्डको प्रस्तावमा  ६३    मत प्राप्त भएको छ भने विपक्षमा  १९४  मत प्राप्त भएको छ ।

    सो प्रस्तावको पक्ष वा विपक्ष कतै पनि मतदान नगर्ने तटस्थकहरूको संख्या १ रहेको छ । सदनमा उपस्थित भए मत विभाजनप्रक्रियामा भाग लिने सांसदहरूको कुल संख्या  २५८  रहेको छ । अब नयाँ सरकारको प्रक्रिया अगाडि बढने भएको ।

    छलफलका क्रममा प्रचण्डको विश्वास दिनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतले बताएका थिए । विपक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, जसपा नेपाल, जनमत पार्टी, लोसपा पार्टीले मतदान गर्ने बताएका थिए । 


    प्रतिक्रिया दिनुहोस