राष्ट्रपति पौडेलद्वारा अर्को सरकार गठन नभएसम्मका लागि कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई प्रदान
नया सडक
२०८१, असार २८ शुक्रबार
627
Shares
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्को सरकार गठन नभएसम्मका लागि कार्य सञ्चालन गर्न जिम्मेवारी दिएका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम मिति २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्यहरूको संख्याको बहुमतबाट पारित हुन नसकेपछि यस्तो जिम्मेवारी दिएका हुन् ।
राष्ट्रपति पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको ‘प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन नसकेको व्यहोरा संघीय संसद, प्रतिनिधि सभाका सम्माननीय सभामुखको मिति २०८१ असार २८ को पत्र प्राप्त हुन आएकोले नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभए सम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी तोक्नु भएको छ ।’