Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

राष्ट्रपतिले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्ने ,शपथग्रहण सोमबार बिहान ११ बजे


नया सडक

२०८१, असार ३० आइतबार

  • 366
    Shares

  • राष्ट्रपतिले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्ने ,शपथग्रहण सोमबार बिहान ११ बजे

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने भएको हो । 

    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२)(बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान  गरेका थिए । 

    सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् । राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने छ । 

    प्रतिक्रिया दिनुहोस