Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय छेउछाउका सुकुम्बासी बस्ती बलपूर्वक खाली गराइयो


नया सडक

२०८१, असार ३० आइतबार

  • 633
    Shares

  • नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय छेउछाउका सुकुम्बासी बस्ती बलपूर्वक खाली गराइयो


    काठमाडौं । नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय छेउछाउ रहेको सुकुम्बासी बस्ती बलपूर्वक खाली गराइएको छ । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि च्यासलसम्मको सुकुमबासी बस्ती नगरप्रहरी परिचालन गरी बलपूर्वक  खाली गराएको हो ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका नेता तथा ललितपुर महानगरपालिकाका  मेयर  चिरीबाबु महर्जन निर्देशमा सो सुकुम्बासी बस्ती हटाइएको छ । 

    नगरप्रहरीहरूका अनुसार सुकुम्बासीहरूलाई असार २१ गते बस्ती खाली गर्न ७ दिनको म्याद दिइएको थियो । आइतबार बिहान महानगरको नगर प्रहरी बलले सो क्षेत्रको सुकुमबासी बस्ती हटायो ।

    सुकुमबासी बस्ती खाली गराउन पूर्व सूचना दिइए पनि उनीहरूले अटेर गरी बसेकाले नगरप्रहरीले बाध्य भएर बिहान खाली गराएको महानगरले जनाएको छ ।   महानगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ९ वटा घर, टहरा निर्माण गरेर बसिरहेका बस्ती हटाइएको हो ।उनीहरू करिब २५ वर्षदेखि महानगरको जग्गा बस्दै आएका थिए ।

    बस्ती छोड्नेहरूलाई आफ्नो व्यवस्थापन गर्न महानगरले पहिले नै भनेको भन्दै उनले सार्वजनिक जग्गा महानगर मातहतमा ल्याएर व्यवस्थापन गरिने बताए ।कुनै बेला सो नदीको पारी पट्टी प्रसुती गृह नजिकको सुकुम्बासी बस्ती काठमाडौं महानगरपालिकाका नगरप्रहरीले बलपूर्वक उठाउन खोज्दा एमाले नेता केपी ओलीले मेयर बालेनको तीखो आलोचना गरेका थिए ।

    अहिले ओलीको पार्टी निकटका सुकुम्बासी बस्ती हटाइएको छ  भनी त्यहाँका एक स्थानीयले टिप्पणी गरे । उनले ‘सब समय समयको बात छ ।’

    प्रतिक्रिया दिनुहोस