Logo

Sep 19 2025 | २०८२, असोज ३गते

Sep 19 2025 | २०८२, असोज ३गते

images

५ किलो बढी कोकिनसहित मलेसियाली महिला ठमेलबाट पक्राउ

५ किलो बढी कोकिनसहित मलेसियाली महिला ठमेलबाट पक्राउ

  • काठमाडौं । प्रहरीले मलेसियाकी एक महिलालाई ५ किलो बढी लागु औषधिसहित पक्राउ गरेको छ ।४७ वर्षीया बाथुमलाई ओडिवलु १३ जुलाई तदनुसार २९ असारमा मलेसियाबाट लाओस, थाइल्याण्डको बैंकक हुँदै नेपालमा आइपुगेपछि पक्राउ परेकी हुन् ।

    २९ असार राति ११ ः २५ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर एडभान्स बुकिङ भएकोे ठमेलस्थित एक होटलमा पुगिन । काठमाडौं महानरपालिका–२९ स्थित ठमेलको एक होटलबाट ओडिवलुलाई प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३० असारको बिहान पक्राउ ग¥यो ।

    उनको साथबाट ५ किलो ८२० ग्राम लागु औषध कोकिन बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी सार्वजनिक गरे अनुसार उनले विद्यार्थीहरुले बोक्ने किसिमको स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन  ल्याइएकी थिइन् ।बरामद कोकिनको अवैध बजार मूल्य २० करोड ३७ लाख हुने प्रहरी अधिकारीहरु बताउँछन् ।

    अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेकी महिलाले ह्वाट्स एपमार्फत कुराकानी गर्ने गरेको र कुराकानीको विवरण हेर्दा बरामद कोकिनको गन्तव्य भारत रहेको देखिन्छ ।नेपाल आइसकेपछि उक्त कोकिन भारत पठाउने र भारतमा क्रिस्टोफर नाम गरेका व्यक्तिले कोकिनको व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

    पक्राउ परेकी महिला भरिया मात्रै भएको खुलेको छ । उनले कोकिन नेपालसम्म ल्याउने जिम्मा पाएको अनुसन्धान अधिकारीहरुको बुझाइ छ ।काठमाडौं आइसकेपछि अर्को व्यक्तिले उक्त कोकिन जिम्मा लिने र त्यसलाई भारतसम्म पु¥याउने गरेको खुलेको छ । जिम्मा लगाइसकेपछि उनी नेपालबाट फर्किने गरी आएकी थिइन् । त्यसका लागि हवाइ टिकटसमेत उनले काटिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    अघि ५ पटक काठमाडौं आइसकेको देखिएको पक्राउ परेकी महिलाले अंग्रेजी नबुझ्ने भएकाले अनुसन्धानमा समस्या रहेको प्रहरी अधिकारीहरुको भनाइ छ ।पक्राउ परेकी महिलाविरुद्ध प्रहरीले लागुऔषध नियन्त्रण तथा ओसारपसार ऐन अन्तर्गत अनुसन्धान सुरु गरेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij