Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images

यस्ता छन कांग्रेसका मन्त्रीहरु गृहमा लेखक, प्रकाशमानलाई सहरी विकास ,परराष्ट्रमा आरजु


नया सडक

२०८१, असार ३१ सोमबार

  • 369
    Shares

  • यस्ता छन कांग्रेसका मन्त्रीहरु गृहमा लेखक, प्रकाशमानलाई सहरी विकास ,परराष्ट्रमा आरजु

     काठमाडौं । नेपाली कांग्रेसले पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने मन्त्रहिरुको नाम टुंगो लगाएको छ । सभापति शेरबहादुर देउवाले आफ्नो निकट नेताहरुसँग छलफल गरेपछि मन्त्रीहरुको अन्तिम सूची तयार भएको बताइएको छ । स्रोतका अनुसार एकाध बाहेक अधिकांश नाम टुंगो लागेको छ । पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनलाई सहरी विकास मान्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

    उनको मन्त्रालय भने टुंगो लागेको छैन । उनले रक्षा मन्त्रालय भए सहज हुने बताएका थिए । तर भागबण्डामा त्यो एमालेलाई परेका कारण मन्त्रालय टुंगो लागेको छैन । ‘उहाँले उपप्रधानमन्त्री भए सरकारमा जान्छु भन्नु भएको थियो, त्यो भयो,’ एक नेता भन्छन्, ‘मन्त्रालयमा यो नै हुनुपर्छ भन्ने छैन ।’


    कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछन् । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री हुनेछन् ।दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम छलफलमा छ । दिपक खड्का र गिरीमध्ये एक तथा ऐनबहादुर शाही र किशोर सिंह राठोरमध्ये एक मन्त्री हुने सम्भावना छ ।

    मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । उनले स्वास्थ्य तथा जनसंख्यामा दाबी गरेका छन्, तर अहिलेसम्म उनको मन्त्रालय टुंगिएको छैन ।

    शेखर–गगन समूहले तेजुलाल बाहेक थप चार मन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । चार मन्त्री पाएको अवस्थामा सहमहामन्त्री जीवन परियार र सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलाई पठाउने तयारी गरेको थियो ।तर सभापति देउवाले ३ तीन मात्र दिनसक्ने भनेका छन् । अब ककसलाई पठाउने भनेर टुंगो लगाउने शेखर कोइरालाले उपसभापति धनराज गुरुङ र महामन्त्री थापासँग परामर्शमा छन । 

    प्रतिक्रिया दिनुहोस