Logo

Sep 22 2024 | २०८१, असोज ६गते

images

प्रधानमन्त्री ओलीद्वारा पदबहाली


नया सडक

२०८१, असार ३१ सोमबार

  • 381
    Shares

  • प्रधानमन्त्री ओलीद्वारा पदबहाली
     
    काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गर्नुभएको छ ।
     
    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हाल्नुभएको हो । प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्चअधिकारीहरूले उहाँलाई स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको पद बहाली–निर्णयबारे उहाँको सचिवालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।
     
    राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा ९एमाले० को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई यही आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नुभएको थियो । 

    प्रतिक्रिया दिनुहोस