Logo

Sep 08 2024 | २०८१, भदौ २३गते

images
आजको मौसम

बाग्मती, गण्डकी  र सुदूर पश्चिम प्रदेशमा भारी वर्षा हुने


नया सडक

२०८१, साउन १ मंगलबार

  • 321
    Shares

  • बाग्मती, गण्डकी  र सुदूर पश्चिम प्रदेशमा भारी वर्षा हुने

    काठमाडौँ । आज बाग्मती, गण्डकी  र सुदूर पश्चिम प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।  मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी  प्रदेशका केही र  कोशी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

    आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली  र  सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक–दुई  स्थानमा  भारी  वर्षाको सम्भावना रहेको छ।
    बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी  र सुदूर पश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

     

    प्रतिक्रिया दिनुहोस