Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

भारतीय राजदूत श्रीवास्तवले गरे उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहसँग भेट


नया सडक

२०८१, साउन १ मंगलबार

  • 411
    Shares

  • भारतीय राजदूत श्रीवास्तवले गरे उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री सिंहसँग भेट

    काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको  जनाइएको हो ।

     मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको बताए।

    मन्त्री सिंह र राजदूत श्रीवास्तवबीच सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनमा भारतले गर्न सक्ने सहयोग बारेमा पनि छलफल भएको उक्त मन्त्रालयका सचिव मणिराम गेलालले  जानकारी सार्वजनिक गरे ।

    भारत सरकारको सहयोगमा नेपालमा निर्माणाधीन आयोजनाको समीक्षा भएको थियो। दुई देशका सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीका बारेमा छलफल भएको सचिव गेलालले जनाए ।

    प्रतिक्रिया दिनुहोस