Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

बैंकबाट गहना उत्पादनकर्ता व्यवसायीले मात्र सुन किन्न पाउनु पर्ने माग

बैंकबाट गहना उत्पादनकर्ता व्यवसायीले मात्र सुन किन्न पाउनु पर्ने माग

  • काठमाडौं। गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन किन्न पाउने माग सरकारसमक्ष गरिएको छ ।नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले गहना उत्पादनकर्ता व्यवसायीले मात्रै बैंकबाट सुन खरिद गर्न पाउनुपर्ने माग राखेको हो ।आगामी मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकलाई दिएको सुझावमा  महासंघले यस्तो भनेको हो ।

    वाणिज्य बैंकहरुले प्रदान गर्ने पुनर्कर्जा आदिमा आभूषण व्यवसायलाई पनि समावेश गरिनुपर्ने बताउँदै महासंघले सुन, चाँदी लगायत बहुमूल्य वस्तुको आपूर्तिलाई सहज, पारदर्शी र वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने कार्य निकै पेचिलो विषयलाई   आगामी मौद्रिक नीतिमार्फत  सम्बोधन गर्न अनुरोध गरेको छ।

    यसैगरी महासंघले सुनको माग र आपूर्ति बीच अत्यन्तै असन्तुलन रहेको, गैरकानूनी आयातमा नियन्त्रण हुन नसकेको, बैंकबाट सुन खरिदका लागि सिफारिस गर्न पाउने अधिकार विभिन्न संस्थाहरुलाई प्रदान गरिएकाले एउटै फर्मले विभिन्न संघहरुको सदस्यता लिने प्रवृत्ति रहेको लगायत धेरै विचलन र विसंगतिको भएको भन्दै महासंघले मौद्रिक नीतिबाट समाधान समस्याका लागि ध्यानाकर्षण गराएको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij