Logo

Oct 18 2024 | २०८१, कात्तिक २गते

images

जुसको बट्टामा ल्याइएको पौने चार करोड बढीको कोकिनसहित दुई विदेशी पक्राउ


नया सडक

२०८१, साउन ३ बिहीबार

  • 243
    Shares

  • जुसको बट्टामा ल्याइएको पौने चार करोड बढीको कोकिनसहित दुई विदेशी पक्राउ

    काठमाडौं । जुसको बट्टामा लुकाएर १ किलो १०० ग्राम कोकिन ल्याउने २ जना विदेशी नागरिक कोकिनसहित पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतीय नागरिक २३ वर्षका फहिमुद्दिन नासिमुद्दिन अन्सारी र नाइजेरियन नागरिक ४४ वर्षीय इकेचुकवा सिरिल ओबोडोइफुला हुन् ।लागुऔषध नियन्त्रण ब्युरोले उनीहरूलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

    अन्सारीलाई असार १ गते काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित एक होटलबाट जुसका २ वटा बट्टाभित्र लागुऔषध कोकिनका ६२ वटा क्यासुल लुकाइ छिपाइ गरी बसिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोले जानकारी सार्वजनिक गरेको छ । उनको साथबाट १ केजी १०० ग्राम बराबरको कोकिन बरामद गरिएको ब्युरोले जनायो ।

    अन्सारीले काठमाडौं–९ पिङगलास्थानस्थित एक होटलमा बसिरहेका नाइजेरियन नागरिक ओबोडोइफुलाबाट सो कोकिन लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।प्रहरीका अनुसार असार १ गते कतार एयरलाइन्सबाट नेपाल आएका ओबोडोइफुलाले कतारको दोहाबाट ज्याकेटभित्र लुकाएर कोकिन ल्याएको  जनाइएको छ ।बरामद कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँ रहेको छ । 

     

    प्रतिक्रिया दिनुहोस