Logo

Nov 28 2024 | २०८१, मंसिर १३गते

images

न्युरोड फुटपाथ विस्तार कार्यमा स्थानीय बासिन्दाहरू विरोधमा उत्रिँदा व्यापक सुरक्षाकर्मी परिचालन


नया सडक

२०८१, साउन ४ शुक्रबार

  • 591
    Shares

  • न्युरोड फुटपाथ विस्तार कार्यमा स्थानीय बासिन्दाहरू विरोधमा उत्रिँदा व्यापक सुरक्षाकर्मी परिचालन

    काठमाडौँ । काठमाडौँ न्युरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले पुनः अवरोध गरेका छन् । फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा उल्लेख्य मात्रामा  नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ । 

    उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो । तर स्थानीयको अवरोधसँगै यो कार्य  फेरि अनिश्चित बनेको छ । 

    यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरी महानगरपालिकाले काटेको कालोपत्रे पनि टालेको थियो ।

    प्रतिक्रिया दिनुहोस