Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

प्रधानमन्त्री ओलाीलाई माओवादी, एकीकृत समाजवादी र रास्वपाले विश्वासको मत नदिने


नया सडक

२०८१, साउन ४ शुक्रबार

  • 483
    Shares

  • प्रधानमन्त्री ओलाीलाई माओवादी, एकीकृत समाजवादी र रास्वपाले विश्वासको मत नदिने

    काठमाडौं । प्रतिपक्षमा रहेका तीन दल नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पाटीसमेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत माग्न लागेकोमा त्यसबारे उनीहरूले यस्तो निर्णय गरेका हुन् । 

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले  सो निर्णय गरेको हो ।माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले विश्वासको मत नदिने निर्णय गरिएको जानकारी सार्वजनिक गरेका छन् ।

    नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा त्यसो नभएर ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक भएको र  ठूला दल मिल्दा निरंकुशताको खतरा हुने बताउँदै पुनले विश्वासको मत नदिने बताए ।प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

    प्रतिक्रिया दिनुहोस