Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् साउन ४ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......


नया सडक

२०८१, साउन ४ शुक्रबार

  • 399
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन् साउन ४ बुधबारका मुख्यमुख्य आर्थिक समाचारहरू......

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज साउन ४ बुधबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू........

    सूर्योदय वोमीको एफपीओमा मागभन्दा १०५.४० गुणा बढी आवेदन

    काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा पहिलो दिनमै मागभन्दा १०५.४० गुणा बढी आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा पहिलो दिन साँझ ५ः०६ बजेसम्ममा ४९ करोड २५ लाख ४२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

    जसमा ३ लाख १० हजार ८८ जना आवेदकहरुले ४९ लाख २५ हजार ४२० कित्ताका लागि आवेदन दिएका हुन् । यस लघुवित्तले आज ९साउन ४ गते० देखि प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।

    निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

    काठमाडौँ ।  उपप्रधान एवं अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयमा आज नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना दिने क्रममा उहाँले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । 

     

    वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि गठन भएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारप्रति आशा र भरोसा गर्नुहोस्, तत्काल गर्न सकिने काम यो वर्ष र बाँकी विषयहरु बजेटमै सम्बोधन गरेरै भए पनि निजी क्षेत्रको मागलाई सम्बोधन गर्छौं ।”

    निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन :अर्थमन्त्री पौडेल

    काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिनुभएको छ ।

     

    नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थमन्त्रालयमा भएको भेटघाटमा उहाँले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पार्नुभएको हो । 

    महासङ्घका पदाधिकारीसंगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गर्नुभएको थियो ।  “काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ ।”

    रिद्धिसिद्धि सिमेन्टले आईपीओ निष्कासन गर्ने ,  साधारण सभा साउन १९ गते

    काठमाडौं । रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । साउन ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओको प्रतिशत परिवर्तन गर्न आवश्यक भएकाले विशेष साधारण सभामार्फत सो प्रस्ताव पारित गर्न लागेको हो ।

     

    सर्वसाधारणमा कति प्रतिशत आईपीओ जारी गर्ने भन्ने जानकारी भने कम्पनीले दिएको छैन् । साउन १९ गते विहान ११ बजे कम्पनीको कर्पोरेट कार्यालय, थापाथली, काठमाडौंमा विशेष साधारण सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

    सूर्योदय वोमी लघुवित्तले आजदेखि एफपीओ निष्कासन गर्ने

    काठमाडौं ।सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँमै एफपीओ निष्कासन गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले मर्जरका लागि अतिम स्वीकृती पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था बमोजिम कम्पनीले ४६ हजार ७३० कित्ता एफपीओ निष्कासन गरेको हो ।

     

    साविक सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था मर्जरपछि सूर्योदय वोमी लघुवित्तवित्तीय संस्थाको रुपमा सञ्चालनमा रहेका छन् ।

    गरिमा विकास बैंकको ४ लाख २५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ४ लाख २५ हजार १५६ दशमलव ६७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

     

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति रोकियो

    काठमाडौं । आज शुक्रबार ल्याउने तयारी भएको मौद्रिक नीति रोकिएको छ । मौद्रिक नीतिको पर्याप्त छलफल हुन नसकेको भन्दै मौद्रिक नीति अचानक रोकिएको हो । नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा मौद्रिक नीतिबारे छलफल गर्ने समय कम भएकाले तत्काललाई रोकिएको बताइएको छ । आज बिहान राष्ट्र बैंक सञ्चालक समिति बसेर नीति पारित गर्ने तयारी थियो ।
    यसबारे सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भयो, त्यसकारण आज शुक्रबार सार्वजनिक हुने सम्भावना टरेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक सल्लाहकारमा डा। युवराज खतिवडा आइसकेपछि उनले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेपछि रोकिएको अर्को स्रोत बताउँछ ।

    बुल र बियर मार्केट भनेको के हो ?

    काडमाडौं । धितोपत्रको उन्नतोन्मुख बजार (बुल मार्केट) भन्नाले बजारको क्रमिकरुपमा उभो लाग्दै गरेको स्थितिलाई जनाउँछ ।यस प्रकारको बजारमा उद्योग, बैकिङ्ग, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशल ब्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ । यस वेला सूचीकृत कम्पनीहरुको शेयरको मूल्य बढी रहेको हुन्छ ।

     

    अर्को तर्फ धितोपत्रको अधोन्मुख बजार बियर मार्केट भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक मार्केट इन्डेक्स घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ ।

    बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह

    काठमाडौँ । नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा त्यहाँ रहेका नेपालीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

     

    परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले राजदूतावासका योजना बम्जन, द्वितीय सचिवलाई ८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई ८८०१७४५४०७९५८ नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने जनाएको छ ।

     

    मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

    प्रधानमन्त्री ओलाीलाई माओवादी, एकीकृत समाजवादी र रास्वपाले विश्वासको मत नदिने

    काठमाडौं । प्रतिपक्षमा रहेका तीन दल नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पाटीसमेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत माग्न लागेकोमा त्यसबारे उनीहरूले यस्तो निर्णय गरेका हुन् । 

     

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले  सो निर्णय गरेको हो ।माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले विश्वासको मत नदिने निर्णय गरिएको जानकारी सार्वजनिक गरेका छन् ।

    बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का

    काठमाडौँ ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।

          

    प्राधिकरणका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उहाँले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।

     

    “किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ रु, हिँउद याममा बिजुली पु¥याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो । प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    सर्लाहीमा असारमा मात्रै डेढ करोडभन्दा बढी मूल्यका सामान बरामद

    बरहथवा । सर्लाहीमा गत असार महिनामा मात्रै रु डेढ करोडभन्दा बढी मूल्यका भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरिएको छ ।

     

    जिल्ला प्रहरी कार्यालयले एक महिनामा रु डेढ करोडभन्दा बढि मूल्य पर्ने भन्सार छलिका गरेर ल्याइएका सामान बरामद गरेको जनाएको हो । सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले असार १ देखि ३१ गतेसम्म रु एक करोड ५७ लाख ७२ हजार चार सय ४१ रुपैयाँ बराबरका बिलविजक नभएका सामान बरामद गरेको जानकारी दिनुभयो ।

    सामानहरू विभिन्न समयमा जिल्लाको नेपाल(भारत सीमा क्षेत्रबाट नेपालतर्पm ल्याउँदै गर्दा बरामद भएका थिए । बरामद सामाग्री चलन चल्तीअनुसार बजार मूल्य कायम गरी आवश्यक कार्वाहीको लागि भन्सारमा बुझाउने गरिएको श्रेष्ठले बताउनुभयो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट  अवैध सुनसहित ३ जना  पक्राउ

    काठमाडौं। प्रहरीले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट  अवैध सुनसहित ३ जनालाई  पक्राउ गरेको छ।विदेशबाट अवैध रुपमा आएको सुन विमानस्थलबाट  लैजान लागेको अवस्थामा प्रहरीले ३ जनालाई ५२ ग्राम सुनसहित पक्राउ गरेको हो।उनीहरूको साथबाट प्रहरीले बिहीबार सुनको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थान बरामद गरेको थियो 

     

    पक्राउ पर्नेहरूमा बाग्लुङको बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मीको सत्यवति गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुमबहादुर थापा मगर र बाराको जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन्।

    ग्लोबल आइएमई बैंकले ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्ने , विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यो ऋणपत्र निष्कासनका लागि कम्पनीले साउन ३ गते विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको छ । कम्पनीले विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

     

    विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकत रत्न राज्य बज्राचार्य र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    तोलामा रु दुई हजारले घट्यो सुनको मूल्य , प्रतितोला रु एक लाख ४७ हजार पाँच सय

    काठमाडौँ ।  स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।

     

    बिहीबार प्रतितोला रु एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस