Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

न्युरोडको फुटपाथको विस्तार विरोधमा वडा कार्यालय २२द्वारा सडकमै पाल टाँगेर वडा सेवा सञ्चालन

न्युरोडको फुटपाथको विस्तार विरोधमा वडा कार्यालय २२द्वारा सडकमै पाल टाँगेर वडा सेवा सञ्चालन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाको २२ नम्बर वडा कार्यालयले न्युरोडको सडकबाटै पाल टाँगेर वडा सेवा सञ्चालन सुरु गरेको छ ।मेयर बालेन शाहको नेतृत्वको महानगरपालिकाले जबरजस्ती फुटपाथ विस्तार गर्न सडक खन्न थालेपछि त्यसको विरोधमा उत्रिएका वडाका जनप्रतिनिधिहरुले सडकमै पाल टाँगेर कामकाज थालेका हुन् ।

    संकटा मन्दिरनेर रहेको वडा कार्यालय अब यहीँ सडकबाट सञ्चालन हुन्छ, सिफारिसदेखि अन्य सबै काम यहाँबाट थालेको वडासदस्यहरूले बताएका छन् ।न्यूरोडको फुटपाथ विवाद भएसम्म वडाको सेवा सडकबाट नै सञ्चालन हुने उनीहरूले बताए ।

    काठमाडौं महानगरपालिकाले बजेटमै राखेको न्यूरोड फुटपाथ विस्तारमा २२ नम्बर वडाका वडाध्यक्ष चिनीकाजी महर्जन सहित स्थानीयले विरोध गर्दा काम अगाडि बढ्न नसकेको हो ।स्थानीयहरूका अनुसार सम्पदा क्षेत्रका परम्परागत शैली परिवर्तन गर्न नहुने गरी  विरोध गरिएको छ । मेयर बालेनले सडकपेटी साँघुरो भएकोले सडक काटेर पेटी विस्तार गर्ने गरी ठेक्का लगाएका छन् । बालेनको सो कार्यलाई पाटन उच्च अदालतले सही भनेर पेटी विस्तारको कार्य गर्न आदेश दिएपछि महानगरपालिकाले फेरि काम सुरु गरेको थियो । त्यसको विरोधमा स्थानीय उत्रेपछि उनीहरूको समर्थनमा वडा अध्यक्षसहितका जनप्रतिनिधि उत्रेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij