बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतवार सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।
लुम्बिनी प्रदेश सभाका १० दल र एक स्वतन्त्र मध्ये ८ दल र ४८ सदस्यको समर्थनमा चैत २३ गते महरा मुख्यमन्त्री बनेका थिए । नयाँ समीकरण अनुसार सरकार बनाउन एमालेले महरालाई दिएको समर्थन फिर्ता लिएपछि असार २० गतेदेखि उनी अल्पमतमा परेका थिए ।